कारवाही भोग्नु पहिले नै ओलीद्धारा पार्टी विभाजनको तयारी
संसद विघटन गरेर संविधान, जनादेश र जनभावनालाई धोका दिएको आरोप खेपेका प्रधानमन्त्री केपी शर्मा ओली ३० महिना अघि समृद्धि र विकास लागि भन्दै एकता गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्ततः फुटाउने तयारीमा जुटेका छन्।
ओलीको संसद विघटको कदम अलोकतान्त्रिक, असंवैधानिक र निरकुंश भएको निष्कर्ष निकाल्दै उनलाई अनुशासनको कारवाही स्वरुप पार्टी अध्यक्ष पदबाट हटाउने तयारी नेकपाको असन्तुष्ट पक्षले गरेपछि त्यो कारवाही भोग्नु भन्दा पहिले नै ओलीले पार्टी फुटाउन सक्ने नेताहरुको आँकलन छ। यसैको लागि विहान ९ बजे देखि ओली निकटहरूको बैठक बसिरहेको छ ।