ओली पक्षको बैठक बालुवाटारमा जारी, भट्ट उपस्थित थापा अनुपस्थित

प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका सांसदहरूको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेकाहरू पनि छन् ।

संसद विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णयबारे ओलीले सांसदहरुलाई ब्रिफिङ गर्ने बताइएको छ ।

बालुवाटार बैठकमा लेखराज भट्ट सहभागी छन् भने गृहमन्त्री रामबहादुर थापा (बादल) बैठकमा सहभागी छैनन् ।

आजै प्रचण्ड-माधव नेपाल पक्षले पनि सांसदहरूको अलग्गै बैठक बोलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *