‘प्रचण्डलगायत कुनै पनि नेताहरुलाई कारबाही गर्दिन’: प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले ११ सय ९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी बनाउने घोषणा गरेका छन् । ओली निकट केन्द्रीय सदस्यहरुको मंगबलार बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।

नेकपाको केन्द्रीय कमिटीमा ४४६ जना छन् । त्यसमा तत्काल ५५६ जना थप गरी र बाँकी १९७ जना थप गर्न सक्नेगरी ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने घोषणा गरेका हुन् । बालुवाटारमा जारी केन्द्रिय कमिटि बैठकलाई सम्बोधन गर्दै उनले बैठकमा बोल्दै उनले प्रचण्डलगायत कुनै पनि नेतामाथि कारबाही नगर्ने स्पष्ट पारे ।  ओलीको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामी पार्टी फुटाउँदैनौं, फुटाउन पनि चाहादैनौं । हामी कसैलाई कारबाही पनि गर्दैनौं ।’
उनले  पार्टी एकता अझ सुदृढ बनाउने र महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने समेत बताए ।

बैठकमा पूर्व माओवादीका नेता टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी छन्।

सरकारले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको घोषणापछि ओली र प्रचण्डले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *