पशुपति शर्माको नयाँ गीत ‘कठै मेरो देश’ सार्वजनिक

लोकगायक पशुपति शर्माको नयाँ लोकगीत कठै मेरो देशको हाल बजारमा आएको छ । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेसँगै शर्माको नयाँ गीत आएको हो ।

उनले देशमा केही होला कि भन्दाभन्दै धेरै वर्ष खेर गएको गीतमार्फत बताएका छन् । उनले राजनीतिलाई  फोहोरी खेल भनेका छन् । जनताले नेताबाट धेरै दुःख पाएको भन्दै कसैको झोले बन्न नहुने सुझाब दिएका छन् ।

छिमेकी मुलुकले विकासका काममा धेरै फड्को मारिसक्दा पनि नेपालका नेताहरू भने कुर्सीकै लडाइँमा लागेको देख्दा जनता आजित बनेको गीतमार्फत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *