नेपाल टेलिकमले जनवरी १ देखी आईपी टिभी सुरु गर्ने

नेपाल टेलिकमले सन् २०२१ जनवरी १ देखी आईपी टीभी औपचारिक रुपमा घोषणा गर्ने भएको छ ।

संसारले सूचना प्रविधिको क्षेत्रमा फड्को मारिरहेका सन्दर्भमा ग्राहकको रोजाई र सेवासुविधालाई मध्येनजर गर्दै टेलिकमले प्रविधिको प्रयोगबाट टीभी हेर्ने सुविधा थप गर्न लागेको हो ।

आईपी टीभीको सेवा दिन टेलिकमले दुई वर्षदेखि गरेको प्राविधिक तयारी पूरा भएकोले अब औपचारिक रूपमा १ जनवरी २०२१ बाट घोषणा गर्ने तयारी गरिएको छ ।

सहप्रवक्ता लोहियाका अनुसार पछिल्लो समयमा ग्राहकहरु इन्टरनेटसँगै आईपी टीभीतर्फ आकर्षित भइरहेका बेला ग्राहकको सजिलो र सहजताका लागि टेलिकमले फाइबर टू दि होम (एफटीटीएच) मार्फत आईपी टीभी सेवाको सुरुवात काठमाडौं उपत्यकाबाट गर्ने र ७७ वटै जिल्लामा विस्तार गर्दै जाने टेलिकमले तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *