संसद विघटनविरुद्ध काँग्रेसको देशव्यापी प्रदर्शन आज

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबार (आज) देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेसले सडकबाट प्रदर्शन गर्न लागेको हो ।

गत मंगलबारबाट जारी केन्द्रीय समिति बैठकलाई केही दिन स्थगित गरी काँग्रेस आज प्रदर्शनमा निस्किएको छ । सभापति शेरबहादुर देउवा पक्ष संसद पुनस्र्थापनाको मुद्दा उठाउन नहुने पक्षमा देखिन्छ भने संस्थापनइतरका नेताहरु असैंवधनिक रुपमा संसद विघटन गरिएकाले पुनस्र्थापनाको मुद्दा जबरजस्त उठाउने पक्षमा देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *