गौरिका र मन्देकाजी वर्षको उत्कृष्ट खेलाडी

कराँतेका मन्देकाजी श्रेष्ठ र पौडीकी गौरीका सिंहले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत उत्कृष्ट वर्ष खेलाडी जितेका छन् ।

ललितपुरको सातदोबाटोस्थित कराँते हलमा भएको अवार्ड कार्यक्रममा मन्देकाजी वर्ष उत्कृष्ट पुरुष खेलाडी घोषित हुदाँ गौरीका सिंह वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन् । मन्देकाजीले १३ औं सागमा एकल र टिम कातामा गरी दुई स्वर्ण जितेका थिए । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा गौरिकाले चार स्वर्णसहित ९ पदक जितेकी थिइन् । गौरिकाले २०७६ साल मै नेपालगञ्जमा आयोजना भएको आठौं राष्ट्रिय खेलकुदमा गौरिकाले १२ स्वर्ण जित्दै कीर्तिमानमाथि कीर्तिमान कायम गरेकी थिइन् । भोटिङका आधारमा भएको पिपल्स च्वाइस अवार्डको विजेता भलिबलकी कप्तान अरुणा शाही बनिन । उनले सर्वाधिक धेरै मत ल्याउँदै यो अवार्ड जितिन । महिला भलिबल टिमकी कप्तान अरुणाले सागमा नेपाललाई रजत पदक जित्दा उत्कृष्ट कप्तानी गरेकी थिइन । यस्तै बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि जित्दा कप्तानी गरेकी थिइन । उत्कृष्ट युवा खेलाडीको अवार्ड गोल्फका सुवास तामाङले जिते । उनले सागमा २ स्वर्ण जितेका थिए । यस्तै सागमा ऐतिहासिक रजत पदक र एसियन सेन्ट्रल जोन भलिबलमा स्वर्ण जितेको राष्ट्रिय महिला टोलीलाई टिम अफ दि इयरको रुपमा सम्मान गरियो ।

टेवलटेनिसका ऐतिहासिक पदक विजेता द्वय गीत क्षेत्री र सिजरिन शाहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरियो । तेक्वान्दो खेलका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ यसवर्ष उत्कृष्ट प्रशिक्षक चुनिए ।  यस वर्षका लागि स्पेसल अवार्ड एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यलाई संयुक्त रुपमा प्रदान गरियो ।

सन्तोषीले सागमा महिला १० हजार मिटर दौडमा नेपाललाई ऐतिहासिक स्वर्ण दिलाएकी थिइन् । आमा खेलाडीका रुपमा सागमा २ स्वर्ण जितेर उनी समग्र महिलाहरुकै मार्गदर्शक बनिन् । उनले तेक्वान्दोको पुम्सेतर्फ एकल र टिम स्पर्धामा स्वर्ण जितेकी हुन् । पारा एथ्लिट अवार्डबाट यस वर्ष हुवीलचियर बास्केटबल तथा क्रिकेट खेलाडी दिगमसिंह चेम्जोङलाई सम्मान गरियो ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *