चिनियाँ राजदूत हाउ र राष्ट्रपति भण्डारीबीच भेट वार्ता

प्रधानमन्त्री केपी शर्मा ओली भारतसँग नजिएको र चीनसँग टाढिएको भन्ने आशंकाबीच नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शुक्रबार साँझ ६ बजेदेखि ८ बजेसम्म छलफल गरेकी छन्।

संसद विघटनसँगै नेकपा राजनीतिकरुपमा विभाजित भएको अवस्था र पार्टी विभाजनको दोष एकअर्कामाथि थोपर्दै नेकपाका नेताहरुले सार्वजनिक भाषण, प्रशिक्षण र भेलाहरूलाई तीव्रता दिइरहेका बेला चीन फेरि राजनीतिक भेटघाटमा सक्रिय भएको हो।

नेकपा एकताको पक्षमा चीन रहेको सन्देश दिँदै आएकी हाउले पार्टी एकताकै विषयमा राष्ट्रपति भण्डारीसँग छलफल गरेको बुझिएको छ।

यअसघि संसद विघटन भएको सात दिनपछि पुस १२ गते नेकपाको विभाजन उन्मुख अवस्थामा सरसल्लाह र सम्भावित मध्यस्थताका लागि चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यानसहित चार सदस्यीय टोली नेपाल आएका थिए।

नेकपाको एकता सम्भव भएको दाबीसहित पार्टी उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय एकता अभियान सार्वजनिक गरेको बेलामा राजदूत हाउले राष्ट्रपति भण्डारीलाई भेट्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *