अखिल नेपाल फुटबल संघकाे अबको कार्यसमितिमा २१ सदस्यीय

अखिल नेपाल फुटबल संघ (एन्फा) को अबको कार्यसमितिमा २१ सदस्यीय समिति हुने भएको छ । मंगलबार भएको एन्फाको १९औं साधरण सभाले सो निर्णय गरेको हो ।२१ जनाको कार्यसमितिमा अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र १५ जना सदस्य रहनेछ । १५ जना सदस्यमा दुई महिला अनिवार्य हुनुपर्ने प्रावधान राखिएको छ । यसअघि वरिष्ठ उपाध्यक्षमा ४ मध्येबाट एक हुने भएपनि अब वरिष्ठ उपाध्यक्षको लागि निर्वाचन हुनेछ ।

मनोनित गर्ने कोटामा ३ जना सहायक महासचिवमा मनोनित हुनेछ । अरु मनोनित गर्ने कोटा रहेपनि केन्द्रिय कार्यसमितिमा उपाध्यक्ष र सदस्य मनोनित हुनेछैनन् । यसका साथै एन्फाले आगामी बर्षको बार्षिक क्यालेन्डरपनि सार्वजनिक गरेको छ । संघले बर्ष २०७७ मा बाँकी रहेका र २०७८ को बार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

सो क्यालेन्डरमा अन्तराष्ट्रिय प्रतियोगिता देखि लिगको आकार र उमेर समुहका प्रतियोगितालाई समावेश गरेको छ । यसका साथै २०७७ सालमा कोरोनाका कारण रोकिएको प्रतियोगितालाई पनि फेरी सुरु गर्ने तालिका बनाएको छ । यस्तै एन्फाले महिला र पुरुषको चार देश सम्मिलित अन्तराष्ट्रिय प्रतियोगिता गराउने र ए डिभिजन लिगलाई ६ महिना लम्ब्याउने योजना बनाएको छ । नेपालले जेठ २४ मा विश्वकप छनोटको जोर्डनविरुद्धको खेल दशरथ रंगशालामा खेल्ने तय भइसकेको छ भने एन्फाले ए डिभिजन लिग अघि एन्फा कप नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्ने तालिका बनाएको छ । जुन भदौंको पहिलो साता हुनेछ । यस्तै चार देशको सहभागिता रहेको पुरुषको फुटबल प्रतियोगिता फागुन २२ देखि २९ गतेसम्म गर्ने योजना एन्फाको छ । यो बाहेक विश्वकप छनोटमा खेल चैत १३ र १७ गते चाइनीज ताइपेइ र अष्ट्रेलियासँग खेल्ने छ भने फुटसल प्रतियोगिता चैत १ गतेदेखि बैशाख ७ गतेसम्म हुनेछ । यो क्यालेन्डरमा २०७८ मा महिलाको लिगको बारेमा उल्खेल गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *