उपाधिका लागि आर्मीले एपीएफसँग प्रतिस्पर्धा गर्ने

विभागीय टिम त्रिभुवन आर्मी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ ।
किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै आर्मी फाइलन प्रवेश गरेको हो । अब उपाधिका लागि आर्मीले अर्को विभागीय टिम एपीएफसंग प्रतिस्पर्धा गर्नेछ । एपीएफले पहिलो सेमीफाइनलमा पुलिसलाई ३० रनले परजित गरेको थियो । दुईबीचको उपाधी भिडन्त शनिबार हुनेछ । आर्मीले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको बागमती ४१औँ ओभरमा १ सय ३५ रनमा समेटियो । बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४७ रन बनाएपनि टोलीको हार टार्न भने सकेनन् । बागमतीलाई सस्तैमा समेट्न आर्मीका जितेन्द्र मुखियाले ४ विकेट लिए भने सुशन भारी र बिक्रम शोबले समान ३/३ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको आर्मीले ५० ओभरमा अलआउट हुँदै २ सय २९ रन बनाएको थियो । आर्मीका लागि राजेश पुलामीले ६५ रनको अर्धशतकीय पारी खेले भने भिम सार्कीले ४० रन जोड्दा बिक्रम सोबले ३५ रन बनाए ।बागमतीका गौतम केसीले ५ विकेट लिए । प्रतियोगिताको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *