साताको पहिलाे दिन आइतबार सेयर बजारमा ‘करेक्सन’

आइतबार विहान कारोबार खुलेसँगै घट्न शुरु भएको बजार नेप्से परिसूकच ५४.७५ अंकले ओरालो लागेर २ हजार ३ सय ७० दशमलव ५४ मा झरेको छ ।

नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने घटेर ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स ९.७३ अंकले घटेको छ । नेप्सेमा कारोबार हुने सबै समूहका सब– इन्डेक्सहरु समेत घटेर राताम्मे भएका छन् ।

सबैभन्दा धेरै फाइनान्स समूह ४ प्रतिशत भन्दा धेरैले घटेको छ भने बैंकिङ र बिमा समूह पनि २ प्रतिशत भन्दा धेरैले घटेको छ । सबै सबइन्डेक्सनहरु घटेर राताम्मे देखिए पनि केहि प्रभु लाइफ लगायतका कम्पनीहरुको सेयर मूल्य भने वृद्धि भएको छ ।

कारोबार रकम भने करिब ९ अर्ब नजिक पुगेको छ । दिनभर भएका ९६ हजार १ सय ५६ कारोबारबाट १ करोड ६२ लाख ७७ हजार २ सय ४५ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ८ अर्ब ९७ करोड ३२ लाख ६ हजार ४ सय ५० रुपैयाँ पुगेको छ ।

बजारमा ५४ अंक भन्दा धेरैको पहिलो जादा पनि केहि कम्पनीहरुको सेयर मूल्य भने वृद्धि भएको छ । सबैभन्दा धेरै प्रभु लाइफ इन्स्यारेन्स कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । प्रभु लाइफको ९.९३ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ ।

एभरेष्ट इन्स्यारेन्सको संस्थापक सेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ ।

 

आइतबार सबैभन्दा धेरै गुमाउनेमा रिलायन्स फाइनान्स कम्पनीका लगानीकर्ताहरु देखिएका छन् । रिलायन्स फाइनान्सको ८.३० प्रतिशत अर्थात २१ रुपैयाँले सेयर मूल्य घटेर २ सय ३२ रुपैयाँमा झरेको छ ।

धेरै गुमाउने दोस्रोमा भने गोर्खाज फाइनान्सका लगानीकर्ता देखिए । गोर्खाजको सेयर मूल्य ७.८३ प्रतिशत अर्थात ३६ रुपैयाँले घटेर ४२४ रुपैयाँमा झरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *