भारतमा भोलि बजेट प्रस्तुत हुने

भारतले सोमबार वार्षिक बजेट पेश गर्दैछ । आर्थिक वर्ष २०२१/२२ का लागि प्रस्तुत हुने यो बजेट कोरोना महामारीपछिको पहिलो बजेट हो । भारतीय  वित्तमन्त्री निर्मला सितारमणले भारतीय समय अनुसार भोलि ११ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

कोरोनाको प्रभावमा परेका भारतीयले यस बजेटलाई चासोका साथ हेरेका छन् । यस बजेटमा भारतीय नागरिकको अपेक्षा बढी हुने भएकाले सितारमणलाई बजेट मार्फत नागरिकको माग सम्बोधन गर्न चुनौती हुने देखिन्छ ।
बजेटमा ब्रिफकेशको परम्परा  अन्त्य गरेकी शितारमणले यसपटक कागजी परम्परा तोड्दैछिन् । इलेक्ट्रोनिक माध्यमबाट बजेट प्रस्तुत हुने बताइएको छ ।

बजेटमा जनस्वास्थ्य, रोजगारी, कोरोना प्रभावितलाई राहत देखि आर्थिक बृद्धिदरका लागि चालिने पहलसम्मका विषय समावेश हुने बताइएको छ ।

कोभिड–१९ का कारण सन् २०२० मा भारतीय अर्थतन्त्र ७.७ प्रतिशतले खुम्चने अनुमान आर्थिक सर्वेक्षणमा उल्लेख छ । आर्थिक सर्वेक्षण शुक्रबार प्रस्तुत भएको थियो । भारतमा यो भन्दा पहिला सन १९७९—८० सबैभन्दा बढी ५.५ प्रतिशतले आर्थिक बृद्धिदर खुम्चिएको थियो । भारतमा आगामी आर्थिक वर्ष  ११ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिएको छ । भारतमा अप्रिल १ देखि नयाँ आर्थिक वर्ष सुरु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *