दार्चुलाकाे माल्पामा पहिरो, महाकाली नदी थुनियाे, सतर्कता अपनाउन आग्रह

भारतीय पक्षले बाटो निर्माण गर्दा दार्चुलाको माल्पामा पहिरो गएर कारण महाकाली नदी थुनिएको छ । नदी थुनिएसंगै जिल्ला प्रशासन कार्यालय कन्चनपुरले कुनै पनि बेला नदी थुनिएर बनेको ताल फुट्न सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।

कंचनपुरका प्रमुख जिल्ला अधिकारीले दार्चुलाबाट नदि थुनिएको जानकारी आएपछि आवश्यक सतर्कता अपनाईएको बताए  । उनले  नदी नजिक भएका र सो क्षेत्रमा काम गर्ने सबैलाई सचेत रही आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको बताए ।

साथै नदिमा  पुल निर्माण लगायतक  कार्य भईरहेकोले आवश्यक सतर्कर्ता अपनाईएको बताए  । उनले प्रहरी, विपद ब्यबस्थापनसँग समबन्धित निकाय र स्थानीय तहहरुलाई पनि सूचना दिएर सतर्क रहन आग्रह गरिएको बताए  ।

दार्चुलामा  प्रमुख जिल्ला अधिकारीका अनुसार दार्चुलाको ब्यास गाउँपालिकाको माल्पा भन्ने स्थानमा  पहिरो गएको बताए । नदि माथि भारतीय पक्षले बाटो बनाईरहेको र बाटो निर्माणको क्रममा विभिन्न निर्माण सामग्री र खनिएको  माटो ढुंगा लगायतका सामग्रीले नदिको केहि भाग थुनिएको बताए । भारतीय पक्षले थुनिएको नदी खोल्ने कार्य सुरु गरिसकेको उनले बताए ।

नदि नै थुनिएको नभई केहि भागबाट पानि नबगेको उनको भनाई छ । थप सामग्री खसेमा भने जोखिम हुने उनको भनाई छ । उनले भने ‘नदि नै थुनिएको भए, त्यसको तल्लो तटीय भागमा पानी बग्ने थिएन, पानी बगिरहेको छ, केहि भाग थुनिएकोमा खोल्ने कार्य सुरु भईसकेको छ’ । साँघुरो स्थान भएकोले जोखिम बढेको उनको भनाई छ । यद्यपि आत्तिनु पर्ने अवस्था नरहेको उनको भनाई छ । सतर्कता अपनाउनको लागि मात्र आग्रह गरिएको उनले बताए।

उनका अनुसार गएको दशैँको बेलामा भारतीय पक्षले बाटो बनाउँदा सोहि ठाउँमा पहिरो गएर महाकाली नदी केहि थुनिएको थियो । माथि  बाटो बनिरहेकोले बेला बखत यस्ता घटना भईरहने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *