आमहड्तालको पूर्व सन्ध्यामा मसाल जुलुस

आमहड्तालको पूर्व सन्ध्यामा नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले मसाल जुलुस निकालेका छन् । बुधबार साँझ राजधानीको बागबजारमा नेकपाका कार्यकताहरुले मसाल जुलुस निकालेका हुन् । सरकारले संवैधानिका निकायहरुको नियुक्तिमा बलमिच्याई गरेको भन्दै प्रचण्ड माधव पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ ।

काभ्रे लगायतका स्थानमा पनि साँझ मसाल जुलुस निकालिएको छ । काभ्रेको बनेपामा निकालिएको मसाल जुलुसमा सहभागीहरुले प्रधानमन्त्री केपी ओलीको सरकारविरुद्ध चर्का नारावाजी गरेका थिए ।

 


त्यसैगरी सुनसरीको इटहरीमा निकालिएको मसाल जुलुसमा नेकपाका कार्यकर्ता र प्रहरीबीच झडपकै अवस्था सृजना भएको थियो ।


नेकपाको दाहाल-नेपाल समूहले सरकारले बुधबार गरेका संवैधानिक निकायका नियुक्ति बलमिच्याइँपूर्ण कदम भएको टिप्पणी गरेको छ । त्यसकै विरोधमा भोलि आम हड्ताल आह्वान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *