सेयर बजारमा कारोबार रकममा नयाँ रेकर्ड

आइतबार सेयर बजारमा कारोबार रकममा नयाँ रेकर्ड कायम भएको छ। नेप्से सूचक करिब ४९ अंकले बढेको दिन कारोबार रकम साढे १० अर्ब रुपैयाँ पुगेको छ।

हिमालयन डिष्टिलरीको मात्रै ५३ करोड रुपैयाँको सेयर किनबेच हुँदा नेपाल लाइफ र शिखर इन्स्योरेन्सको समान ३१/३१ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

ग्लोबल आइएमई बैंकको २९ करोड रुपैयाँको सेयर किनबेच हुँदा छिमेक लघुवित्त र डिप्रोक्स लघुवित्तको समान २६ करोड रुपैयाँको किनबेच भएको छ।

पुनर्बिमा कम्पनीको २४ करोड, नेशनल लाइफको २३ करोड, स्वाभिमान लघुवित्तको २२ करोड र नागरिक लगानीको २१ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

जीवन वीमा समुहको सूचक सर्वाधिक ५७२ अंकले बढ्दा निर्जिवन बीमा समुह ४९० अंक र लघुवित्त समुहको सूचक ३३४ अंकले बृद्धि भएको छ।

ट्रेडिङ समुह ८२ अंक, हाइड्रोपावर ५९ अंक र अन्य समुहको सूचक समेत ५३ अंकले बढेको छ। बैंकिङ समुहको सूचक मात्रै ३ अंकले घटेको छ।

२०२ कम्पनीका एक करोड ७७ लाख कित्ता सेयर १० अर्ब ४४ करोड रुपैयाँमा किनबेच भएका छन्। १२ कम्पनीको सेयर मूल्य स्थिर रहँदा ३६ कम्पनीको मूल्य घटेको छ भने बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *