कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन आजदेखि

‘विषम् परिस्थितिमा न्यायमा पहुँच र समानमाः कानून व्यवसायी महिलाकोे प्रबिद्धता’ भन्ने नाराका साथ २९ औँ कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन  आज शुरु हुँदैछ ।

भोलिसम्म चल्ने सम्मेलन नेपाल बार एसोसिएसन महिला समितिले भर्चुअल रुपमा गर्न लागेको हो । सम्मेलनको उद्घाटन सर्वोच्च अदालतका न्यायाधीश सपना मल्लले गर्ने बुझिएको छ । सम्मेलनमा प्रा डा शशि अधिकारीले कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ। यस वर्ष विपद्, युद्ध र महामारीमा महिलामा नै बढी असर पर्ने भएकाले उनीहरुलाई न्यायमा पहुँच पुर्याउने भन्ने विषयमा सम्मेलनमा छलफल हुनेछ ।

बारको महिला समितिले प्रत्येक वर्ष महिलालाई न्यायमा पहुँच कसरी पुर्याउने भन्ने विषयमा फरकफरक विषयमा सम्मेलन गर्दै आएको छ । नेपालमा कूल कानून व्यवसायी महिला तीन हजार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *