पुनरावलोकन दर्ता अघि नेपाल – दाहाल भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार भेटवार्ता भएको छ ।

माओवादी केन्द्र नेकपाको एकता खारेज गर्ने सर्वोच्च अदालतको २३ फागुनको फैसला पुनरावलोकनका लागि निवेदन दिने तयारीमा छ । त्यसअघि दुई नेताबीच कोटेश्वरस्थित एक निजी घरमा भेट भएको बताइएको छ ।

भेटमा समसामयीक राजनीतिक घटनाक्रम र भावी योजनाका बारेमा छलफल भएको स्रोतको दावी छ ।

पुनरावलोकन सम्भव त मंगलबार हुनसक्ने  माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले  बताए । फैसलाप्रति चित्त नबुझे ६० दिनभित्र पुनरावलोकनमा जानसक्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *