प्रधानमन्त्री ओली र एमाले नेता माधव नेपालबीच आज ६ बजे भेटवार्ता हुने

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज पनि कुराकानी हुने भएको छ।

हिजो पनि यी दुई नेताबीच भेट वार्ता भएको थियो । आज साँझ ६ बजे ओली र नेपालबीच भेटवार्ताका लागि समय निर्धारणा भएको छ।

तर स्थानभने तोकिएको छैन । आजको भेटमा ओली पक्षबाट अध्यक्ष ओलीसहित अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी हुनेछन् भने यस्तै नेपाल पक्षबाट नेपालसहित भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट सहभागी हुनेछन्। ओली र नेपालबीच बिहीबारको भेटवार्ता सकारात्मक  रहेको बताइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *