आज विजया दशमी, टीकाको शुभ साइत बिहान १० बजरे २ मिनेटमा
बडादशैंको मुख्य दिन आज मान्यजनबाट टीका र आशिष ग्रहण गरी दशैं टीका मनाइँदै छ ।
दशैंको टीका लगाउने शुभ साइत बिहान १० बजेर २ मिनेट रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । उत्तम साइत भने १० बजेर २ मिनेटमा रहेको भएपनि दिनभर टीका लगाउन सकिने समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
आफन्त मान्यजनबाट विहानबाटनै टीका ग्रहण गर्न सकिने उहाँको भनाई छ । विजयादशमीका दिन बिहान ७ बजेर १ मिनेटमा तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत रहेको छ । तुलजा भवानीलाई बिहान ८ बजेर ३२ मिनेटमा स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । भोलि नै खड्गयात्रा पनि गरिने छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८:१९ बजे विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०:०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ । विजयादशमीका दिन बिहान ७ बजेर १ मिनेटमा तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ । कोजाग्रत पूर्णिमा पछि यस वर्षको टीका लगाउने काम सम्पन्न हुने छ ।।