फागुन ६ मा संसदमा एमसीसी टेबल हुने कानून मन्त्रीको जिकिर

कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले संसदको आगामी बैठकमा एमसीसी टेबल हुने बताउनु भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकपछि संचारकर्मीसँग कुरा गर्दै मन्त्री बडूले फागुन ६ गते बस्ने बैठकमा एमसीसी टेबल हुने जिकिर गर्नु भयो ।

सत्ता साझेदार दलहरूले छलफलका लागि केही समय चाहिन्छ भन्ने भएपछि दुई दिनको समय थप दिएको र दुई दिन थप छलफल गरी सहमति जुटाएर ६ गतेको बैठकमा एमसीसी टेबल हुने उहाँको दाबी छ ।

एमसीसी टेबल गर्ने विषय अब पर्खिनु नसकिने उहाँको भनाइ छ । सडकमा भइरहेको बहसलाई टुंग्याउन संसदमा एमसीसी टेबल गर्नुपर्ने उहाँले बताउनु भयो । सडकको बहसले यसको टुंगो लगाउन नसक्ने हुनाले यसलाई टुंग्याउ भन्ने हाम्रो पार्टीको र सरकारको प्रस्ताव भएको कानूनमन्त्री बडुले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *