क्रिकेट हेर्न २ दिन सार्वजनिक विदा

 

रौतहटको ईशनाथ नगरपालिकाले आज र भोलि दुई दिन सार्वजनिक विदा दिएको छ ।

 

अन्तर पालिकास्तरीय मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम चरणका खेल हेर्न नगरपालिकाले दुई दिन सार्वजनिक विदा दिएको हो ।

नगर प्रमुख सन्तोष कुमार मेहता र उपप्रमुख हुस्ने आराले खेल व्यवस्थापनमा कर्मचारीहरु समेत सहभागी हुनुपर्ने भन्दै नगरपालिकाभर सार्वजनिक विदा दिइएको सूचना जारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *