प्रहरीले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेकोमा पत्रकार महासंघको आपत्ति

नेपाल पत्रकार महासंघले स्वतन्त्र रुपमा पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारहरूमाथि प्रहरीले गरेको दुर्व्यवहारको कडा भर्त्सना गरेको छ ।

समाचार संकलन गरिरहेका पत्रकारलाइ शुक्रबार नयाँ बानेश्वरमा प्रहरीले गरेको हातपात र पक्राउ प्रयासको महासंघले बिरोध गरेको हो । संविधान दिवसका विषयमा जनमत लिइरहेका सञ्चारकर्मीमाथि प्रहरी निरीक्षक डिल्लीराम सापकोटा लगायतले हातपात गरेका थिए ।

स्वतन्त्र रुपमा पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि प्रहरीद्वारा गरिएको यो हर्कत प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो,’ महासंघका महासचिव रमेश बिष्टद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘महासंघ प्रेसमाथि भएको ज्यादतीको कडा शब्दमा भर्त्सना गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *