उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको निधन

भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका संस्थापक मुलायम सिंह यादवको निधन भएको छ ।

समाजवादी पार्टीले ट्वीट गर्दै आफ्ना संस्थापक नेताको ८२ वर्षको उमेरमा निधन भएको पुष्टि गरेको छ ।

उनको एक हप्तादेखि हरियाणाको गुरुग्राममा रहेको मेदान्त अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।

सन् १९८९ मा पहिलो पटक उत्तर प्रदेशको मुख्यमन्त्री बनेका उनले ३ पटक प्रदेशको नेतृत्व गरेका थिए । यस्तै उनी संघीय सरकारमा रक्षामन्त्रीसमेत बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *