हुम्लामा पहिरो ४ जनाको मृत्यु, ५ जना घाइते

पहिरोले घर पुर्दा हुम्लामा ४ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

लगातार परेको पानीले घरमाथि पहिरो जाँदा चंखेली गाउँपालिका–६ का मानवीर बिकको घर पहिरोले पुरेको थियो ।

मृत्यु हुनेमा ६० वर्षीया तुलसी विक, १२ वर्षीया हैजा बिक, ९ वर्षीया सुस्मिता विक, ७ वर्षीया बसन्त विक छन् ।

५ जना घाइतेको मेलसाय स्वास्थ्य चौकीमा उपचार भइरहेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *