बर्दियाको राजापुरमा बाढी, सयौ घर डुबानमा

कर्णाली नदीमा पानीको बहाव बढेपछि बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा बाढी पसेको छ ।  केही दिनदेखि परेको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले सो क्षेत्रका सयौँ घर डुबानमा परेका छन् ।

कर्णाली नदीको बाढीले बर्दियाको राजापुर नगरपालिकाको वडा नं. १, ३, ४, ६ का विभिन्न गाउँका करिब आठ सयभन्दा बढी घर प्रभावित भएका छन् । कर्णाली नदीमा रहेको पानीको सतह खतराभन्दा माथि १२ मिटर पुगेपछि सो क्षेत्रमा गएरातिदेखि बाढी पसेको स्थानीय बासिन्दाले बताएका छन् ।

 

गेरुवा गाउँपालिकाको वडा नं. १, २ र ३ का गाउँमा पानी पसेको छ ।

कर्णाली नदी व्यवस्थापन आयोजनाले निर्माण गरेको ड्यामसहितको तटबन्धमाथिबाट पानी छल्किएर गाउँतर्फ पसेको स्थानीयवासीले जनाएका छन् । बाढी प्रभावित क्षेत्रमा अहिले उद्धारको कार्य भइरहेको छ । बाढी प्रभावितलाई सुरक्षित स्थानमा सारेर राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *