मुगुमा पहिरोमा परेर ११ जना बेपत्ता, ५ जनाको मृत्यु,
मुगुको छाँयानाथ रारा नगरपालिका–११ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । नगरपालिकाको सालिम भन्ने ठाउँमा मानबहादुर कुमाइको घर पुरिँदा ११ जना बेपत्ता भएका छन् ।
प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी गराउनु भयो । घटनाको विस्तृत विवरण प्राप्त भैसकेको छैन ।