राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’
राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । स्वास्थ्यमा सुधार आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी डिस्चार्ज हुनु भएको हो । ज्वरो आउने, बान्ता हुने, जीउ दुख्ने लगायतका समस्या भएपछि गत शनिबार शिक्षण अस्पताल भर्ना हुनु भएको थियो । परीक्षणका क्रममा उहाँलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
उपचारमा संलग्न डा. निरज बमले स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरेको बताए । कोभिड १९ पोजेटिभ आएकोमा पाँच दिनको अब्जरभेसन सकिएपछि डिस्चार्ज गरिएको हो ।