संविधान दिवसको अवसरमा टेलिकमको अनलिमिटेड अफर

संविधान दिवसका अवसरमा असोज २ देखि ४ गतेसम्मका लागि अनलिमिटेड युट्युब, फेसबुक तथा अन्य विभिन्न प्याक उपलब्ध गराइएको नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपियाँ प्रतिप्याक खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

साथै अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक खरिद गर्ने ग्राहकले एड(अन प्याकका रुपमा १५ रुपैयाँमा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधासमेत उपलब्ध गराइएको छ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिने टेलिकलमे जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *