सुज्योतिलाई मिस लिटील नेवाःकाे ताज

‘मिस लिटील नेवाः २०२३ (११४३)’ को उपाधि सुज्योति डंगोलले जितेकी छन् । नेप्लिज फेसन होमको आयोजना रहेको प्रतियोगीतामा डंगोलले उपाधिका साथमा २५ हजार नगद समेत प्राप्त गरिन् ।

प्रतियोगीतामा सफिना श्रेष्ठ फस्टरनरअप र ग्रीष्मा राजचल सेकेन्ड रनर्सअप भए । फस्ट र सेकेन्ड रनर्सअपले पुरस्कार बापत क्रमशः १५ र १० हजार रुपियाँ नगद प्राप्त गरे ।

नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवार बालिकाहरुमा अन्र्तनिहीन प्रतिभा प्रदर्शन गर्न तथा उनीहरुमा नेवार कला, संस्कृति, भाषा र सभ्यताको ज्ञान अभिवृद्धि गर्न मिस लिटील नेवाः आयोजना गर्दै आएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *