काँग्रेस महामन्त्री डा. कोइराला अस्पतालबाट डिस्चार्ज

 नेपाली कांग्रेसका हामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका डा. कोइरालाको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

स्वास्थ्यमा क्रमिक सुधार आएसँगै चिकित्सकसँगको परामर्शमा डिस्चार्ज भएको हो । महामन्त्री कोइरालाले आफ्नो स्वास्थ्यबारे चासो र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । यद्यपि पछिल्लो पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *