आसन ग्रहणमा विवाद हुँदा जसपा कार्यकर्ताबीच झडप

संविधान दिवसको विरोधमा जनता समाजवादी पार्टीले शनिबार राजविराजमा गरेको कार्यक्रममा आसन ग्रहणको विषयलाई लिएर विवाद हुँदा कार्यकर्ताहरुबीच नै झडप भएको छ ।

संविधान संशोधनको माग गर्दै शिव मन्दिर परिसरबाट दिउँसो निस्केको जुलुस नेता चोकमा पुगेपछि कोणसभामा परिणत भएको थियो । कोणसभामा आसन ग्रहणको विषयलाई लिएर नेता/कार्यकर्ताबीच विवाद हुँदा झडप भएको हो ।

तात्कालीन समाजवादी पार्टीका चितरन्जन यादवले कार्यक्रमको सञ्चालन गर्दे तात्कालीन राजपाका जिल्ला अध्यक्ष हरेराम यादवलाई अध्यक्षता गराएका थिए । उनले पार्टीका केन्द्रीय सदस्य अनिरुद्रप्रसाद सिंह यादवलाई प्रमुख अतिथी ,प्रदेश सासंद अभिषेक यादब र नेत्रविक्रम साह तथा तात्कालीन समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई मात्र आसन ग्रहण गराएका थिए ।

पहिलो वक्ताका रुपमा विद्यार्थी नेता शम्भु यादवले मन्तब्य सुरु गर्ने बितिकै केही नेता कार्यकर्ताहरु मञ्च अगाडी विरोध गर्न थालेपछि झडप सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *