प्याजको कालोबजारी गर्ने दुईजना पक्राउ

विराटनगरमा बढी मूल्यमा प्याज विक्री वितरण गरिरहेका दुई जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख सन्तोष खड्काका अनुसार विराटनगर ९ स्थित पुरानो गुद्री बजारबाट शुक्रबार २ जना व्यापारीलाई अनुगमनका क्रममा पक्राउ गरिएको जानकारी दिए। शुक्रबार पक्राउ गरिएका दुवै जनालाई आइतबार ७ दिनको म्याद थप भएको उनले बताए।

३८ वर्षीय संजयकुमार गुप्ता र २९ वर्षीय मुकेशकुमार सहनीले बढी मूल्यमा प्याज बिक्री गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी प्रमुख खड्काले बताए।

केहीदिन अघिसम्म ४७ रुपैयाँ प्रतिकिलो पाउँदै आएको प्याज बजारमा कालोबजारी गरी व्यापारीहरुले १ सय रुपैयाँसम्ममा बिक्री गर्न थालेको गुनासो बढ्दै गएको छ।

शुक्रबार पक्राउ गरिएका दुवै जनालाई आइतबार ७ दिनको म्याद थप गरिएको मोरङ प्रहरीले जनाएको छ। पक्राउ परेको दुवैजनालाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *