नेकपा सचिवालय बैठक स्थगित

सत्तारुढ दल नेकपाको सचिवालय बैठक स्थगित भएको छ। आज तीन बजे बस्ने तय भएको सचिवालय बैठक स्थगित भएको हो।

आइतबार पूर्व माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले मन्त्रिपरिषद पुनर्गठन र संवैधानिक निकायमा नियुक्तीलगायतका विषयमा छलफल गरेको थियो। आज बस्ने बैठकले मन्त्रिपरिषद पुनर्गठनको मापदण्ड र संवैधानिक निकायमा नियुक्ती लगायतका विषयलाई अन्तिम रुप दिने तय भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *