सिभिल बैंकले दियो स्पष्टिकरण

सिभिल बै‌क (CBL) लाई हिमालयन बैंकले प्राप्ति गर्नेबारे आएका सामाचारहरु हल्ला मात्रै भएको जनाएको छ। सिभिल बैंकले नेप्सेलाई जवाफ दिँदै हिमालयन बैंकले प्राप्ति गर्ने विषय हल्ला मात्रै भएको जनाएको हो।

बैंकले हिमालयन बैंकले प्राप्ति गर्ने विषयमा समाचारहरुमा कुनै तथ्य नरहेको जनाएको छ। बैंकले समाचारमा आएजस्तो कुनैपनि औपचारिक निर्णय नभएको र बैंकले आधिकारिक रुपमा त्यस्तो खालको समाचार समप्रेषण नगरेको जनाएको छ।

आइतबार सिभिललाई हिमालयन बैंकले प्राप्ति गर्ने हल्लाले चलेकाे थियाे। बैंकबारे चलेकाे हल्लाले बैंककाे शेयरमूल्यमा सर्किट लागेकाे थियाे। त्यसपछि नेप्सेले बैंकलाई स्पष्टिकरण माग गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *