पाेखरा
गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित पोखरा नेपालको अत्यन्तै रमणीय एवं स्वच्छ र सुन्दर शहरकोे रूपमा परिचित छ । पोखरामा फेवा ताल, बेगनासताल, रुपाताल लगाएतका सातवटा ताल छन् । त्यसैले यसलाई तालैतालको शहर पनि भन्ने गरिन्छ । पोखरामा बिन्वासीनी मन्दिर, महेन्द्र गुफा, पातले छाँगो, सराङकोट लगाएतका दर्जनौं पर्यटकीय मनोरम लिने स्थानहरु छन् । त्यसैले पोखरालाई नेपालको एक महत्वपूर्ण पर्यटकीय स्थल प्रमुख सहरको रुपमा लिईन्छ । नेपालको प्रमुख पर्यटकीय गन्तब्य स्थलमध्ये एक भएकाले यहाँ देश विदेशबाट हजारौं पर्यटक भ्रमण गर्न आउने गर्दछन् ।