ऋषिकेश मन्दिर

गुल्मी पाल्पा र स्याङ्जा जिल्लाको सङ्गम स्थल रुरु क्षेत्रधाममा अवस्थित यो मन्दिर सयौं वर्ष पुरानो मन्दिर हो । जसरी प्रकृतिले दिएको वरदान छ यसरी नै यस मन्दिरको धार्मिक रूपमा छुट्टै अस्तित्व र किम्बदन्ती रहिआएको छ । किम्वदन्ती अनुसार सत्ययुगमा स्वर्ग बाट आएकी, प्रम्लोचना अप्सरा र भृगु ऋषिबाट जन्मेकी रूरू नामकी कन्याले यस क्षेत्र को गोलफुले गुफा हालको देवदत्त पार्कमा विष्णु भगवान को कठोर तपस्या गरेपछी प्रसन्न भएका विष्णु भगवान स्वयं प्रकर्ट भइ रूरू कन्या लाई वर माग भन्दा ती रूरू कन्याले हजुर को कृपाले म सङ्ग सबै चिज छ तर हजुर को दर्शन पाउन मुस्किल भयो तसर्थ सदा फिन हजुर को दर्शन पाई राख्न पाउ भनी वर मागेकोले बिष्णु भगवान् यस क्षेत्रमा ठूलो शालिकग्रामको रुपमा प्रकर्ट भएको मान्यता रहिआएको पाइन्छ । श्री स्वस्थानिमा उल्लेख भए अनुसार जालन्धरकि पत्नी वृन्धाले भगवान बिष्णु ढुङ्गा भइ रहनु परोस भन्ने श्राप दिएको हुनाले विष्णु भवगान शालिकग्रामको रुपमा देखा प्रने कुरा उल्लेख भएको छ । जुन आज सम्म जन मानसमा प्रभाव रहेको छ । रुरु कन्याको तपस्या द्वारा स्वयं प्रकट भएका भगवान ऋषिकेश काे मन्दिर मा जया बिजया आदि पार्षद र शङ्ख चक्र आयुध आदि सहित चतुर्बाहु कृष्णवर्णको ३ फिट ९ इन्च अग्लो अति सुशोभित र मनोहर मुर्ती फेला परेको भनाइ रहेको छ ।पाल्पाली सेन वंशिय राजाले उक्त मुर्ती फेला पारेपछी तत्काल उक्त मुर्तिलाइ आफ्नो ठाउँमा वा दरवार परिसदमा लैजान तैयार भएता पनि मुर्ती निकै भयानक भएकाले धेरै व्याक्त्तिहरूबाट पनि आफ्नो ठाउँमा लैजान नसकेकाले पल्पा जिल्लाको साबिक अर्गली गा. वि. स .मा बि. स. १८१९ मा कमलको फुलको आकार भएको मन्दिर बनाइ सुनको गजुर र घण्ट चडाएको ऐतिहासिक प्रमाण रहेको छ । यस मन्दिरको मुलद्वार को दायाँ र बायाँ भगवान विष्णुको बहान गरुडको दुई मुर्ती राखिएको छ।यस्तो स्वयं प्रकट भएको मुर्ति नेपालमा मात्र नभई अनेत्र विश्वको कुनै पनि ठाउँमा नभएको वा नदेखिएको सम्बन्धित जानकारहरू बतउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *