शेयर बजारमा देखियो करेक्सन

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से सूचकमा सामान्य करेक्सन देखिएको छ भने कारोबार रकममा पनि संकुचन आएको छ।

यस दिन कारोबारमा आएका १४३ वटा कम्पनीको शेयरमूल्य घट्दा नेप्से सूचक ६.१२ अंकले घटेर १ हजार ५६९ विन्दुमा झरेको छ। सेन्सेटिभ सूचक १.३९ अंकले घटेर ३१२.२४ विन्दुमा झरेको छ। सोमबार १९५ वटा कम्पनीको ८५ लाख १३ हजार कित्ता शेयर २ अर्ब ६३ करोड रुपैयाँमा खरिदबिक्री भएको छ। अघिल्लो दिन आइतबार २ अर्ब ७४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा सोमबार कारोबार रकम घटेको छ.

यस दिन कारोबारमा आएका १२ वटा उपसमूहमध्ये ११ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ भने उत्पादनमूलक उपसमूहको सूचक मात्र सकारात्मक देखिएको छ।

यस दिन युनाइटेड फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। फाइनान्सको नविल बैंकसँग मर्जरमा जाने हल्ला चलेसँगै शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *