गान्धीको चश्मा चार करोड सात लाखमा लिलामीः

बेलायतमा महात्मा गान्धीको सुनको जलप लगाइएको चश्मा लिलामीमा २.६ लाख पाउन्ड (चार करोड सात लाख रुपैयाँ) मा बिक्रि भएको छ । ईस्ट ब्रिस्टल अक्सन हाउसले इन्स्टाग्राममा चार हप्ताअघि आफ्नो लेटरबक्समा उक्त चश्मा भेटेको जानकारी दिएको छ । अक्सन हाउसले भनेको छ, ‘यसलाई कोही व्यक्तिले राखेर गएका थिए । चश्मा राखेर जाने व्यक्तिका काकालाई गान्धी आफैंले उक्त चश्मा उपहारमा दिएका थिए ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *