साझाको लामो दुरीका गाडी बुधबारबाट चल्ने

दशैंमा घरजाने यात्रुहरुको सहजताका लागि लामो दुरीका गाडी संचालन गर्न लागिएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए।

सामाजिक दुरी कायम गरेर बुटवल–भैरहवा–सुनौली र काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ रुटमा गाडी चलाइने बताइएको छ ।

भोलि साझ ७ बजे बाग्लुङको र सवा ७ बजे सुनौलीको गाडी नयाँ बसपार्कबाट छुट्ने पाण्डले बताए ।

पाण्डेकाअनुसार दुवै गन्तब्यमा जाने र आउने गरी २–२ वटा गाडी संचालन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *