झण्डै साढे १ प्रतिशत घट्यो नेप्से

मंगलबार नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेको छ। यस दिन कारोबारमा आएका सबै उपसमूहको परिसूचक ओरालो लागेपछि नेप्से परिसूचक पनि ओरालो लाग्न दबाब पुगेको हो।

यस दिन नेप्से २२.९१ अंक अर्थात १.४६ प्रतिशत घटेर १५४६.१५ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ४.८४ अंक, फ्लोट इण्डेक्स १.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७२ प्रतिशत घटेको छ। यस दिन १९९ कम्पनीको २ अर्ब ८० करोड ६९ लाख ७७ हजार रुपैयाँ बराबरको ७८ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

दुई कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

लिबर्टी इनर्जी र घलेम्दी हाइड्रोको शेयरमूल्यमा आज नकारात्मक सर्किट लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *