मास्कले भ्याक्सिनकै काम गर्न सक्छ

विश्वभरका वैज्ञानिक कोरोनाबाट बच्नका लागि मानिसहरुलाई मास्क लगाउने सल्लाह दिइरहेका छन्। यसलाई जापान, दक्षिण कोरिया र सिंगापुरले अधिक गम्भीरताका साथ लियो र ठूलो मात्रामा मानिसहरुले पनि मास्क लगाउने नियमको पालना गरे । यसबाट तीव्र गतिमा फैलिदो संक्रमणमाथि अधिक मात्रामा लगाम लाग्यो। यि देशहरुमा भाइरस नियन्त्रणमा भएपनि मानिसहरु सतर्क छन् र मास्क लगाएर बाहिर निस्कन्छन् । नेपाल, अमेरिका, भारत जस्ता देशहरुमा मानिसहरु बिना मास्क आरामले यात्रा गरिरहेका छन्, जसको परिणामस्वरुप आज यहाँ संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।

विशेषज्ञहरुका अनुसार, सूतीको कपडाबाट बनेको मास्क संक्रमणको खतराबाट बच्नका लागि सबैभन्दा अधिक प्रभावकारी हुन्छ । यसलाई तपाईले घरमा नै बनाउन सक्नुहुन्छ वा बाहिर बजारबाट पनि खरिद गर्न सक्नुहुन्छ । यद्यपी केही किन्नुभन्दा पहिले सावधानी अपनाउन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *