असोज २८ गते क्यानको साधारण सभा

नेपाल क्रिकेट संघ क्यानले असोज २८ गते साधारण सभा गर्ने निर्णय गरेको छ । रोल… चितवनमा आज बसेको कार्यसमितीको बैठकले २१ दिने सुचना निकालेर असोज २८ र २९ गतेका लागि साधारण सभा गर्ने निर्णय गरेको हो । अहिलेका लागि क्यानले भर्चुअल साधारण सभा गर्ने बताएको छ । त्यो बेला परिषद्ले स्विकृती दिएमा एकजुट भएर साधारण सभा गर्ने योजना रहेको क्यानले जनाएको छ । यस्तै नेपाल क्रिकेट संघ क्यानले २०२० को नयाँ केन्द्रिय सम्झौता गरेको छ । जसमा पुरुष तर्फ १८ जना खेलाडीलाई समावेश गरेको छ भने महिला तर्फ १९ जनालाई केन्द्रिय सम्झौतामा राखेको छ ।पुरुष तर्फ तीन श्रेणीमा खेलाडी बर्गिकरण गरिएको छ । जसमा पुरुष तर्फको ए श्रेणीमा रहेका खेलाडीले मासिक ५० हजार पाउनेछन भने बी श्रेणीका खेलाडीले ४० हजार र सी श्रेणीका खेलाडीले ३० हजार रुपैयाँ पाउने भएका छन ।उनीहरुको सम्झौता २०२० को सुरुवातबाट नै लागु हुनेछ ।यस्तै नयाँ प्रशिक्षकका विषयमा केहि दिनमा टुंगो लाग्ने बताइएको छ । प्रशिक्षकका साथै जनरल म्यानेजर, क्रिकेट ब्यवस्थापक, फाइनान्स म्यानेजरका लागि खोलिएको आवेदनको अन्तिम मिती भोली (बुधबार) सकिदैछ ।क्यानको कार्यसमितीको बैठकमा पहिलो पटक कप्तान र प्रशिक्षक पनि सामेल गरिएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *