कोभिडले आय खुम्चिँदा घरजग्गा बेच्ने बढे

कोरोना र यसको नियन्त्रणका लागि भनेर सरकारले लगाएको लकडाउन तथा निषेधाज्ञाले आर्थिक क्रियाकलाप असहज हुँदा आम्दानीमा चाप पर्दै गएपछि घरजग्गा बिक्री गर्न खोज्ने बढेका छन्।

कोभिड-१९ प्रभावले घरजग्गा बजारको मन्दी झनै गहिरिएपछि घरजग्गा विकास तथा बिक्रीको व्यवसायमा हुनेलाई यसको नराम्रो असर परेको छ। घरजग्गाको खुद्रा किनबेच पनि यसबाट प्रभावित बनेको रियल इस्टेट कारोबारसँग सम्बन्धितहरुले बताएका छन्।

सरकारले चैत ११ बाट झन्डै तीन महिना गरेको देशव्यापी लकडाउन र भदौबाट पुनः देशका विभिन्न ठाउँमा लागेको निषेधाज्ञाले घरजग्गा कारोबार समेत प्रभावित बनेको हो। पछिल्लो ६ महिनाको अवधिमा जग्गा रोक्का-फुकुवा गर्ने क्रम एक हदसम्म देखिएको भए पनि किनबेच भने ठप्प नै छ।
निषेधाज्ञा खुकुलो भएसँगै अहिले घरजग्गा बजारमा केही चहलपहल देखिन थालेको छ। तर, खरिद गर्न खोज्ने अत्यन्त न्यून छन् भने बिक्री गर्नेको चाप अत्यधिक बढेको घरजग्गा बजार निकटहरुले बताएका छन्। 

रियल इस्टेट बजारलाई नियालिरहेका र कारोबारसँग प्रत्यक्ष सम्बन्धित रहेका एजेन्टहरुको पछिल्लो अनुभवमा अहिले घरजग्गा किन्नेभन्दा बेच्ने कम्तिमा तीन गुणा बढी छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *