'चालिस कटेसी' सार्वजनिक

१३ भदौ २०८२, शनिबार | शुचि खबर

image

लोकप्रिय गायक तथा सर्जक मोतिराज खनालको संगीतमा आधारित रोमान्टिक गीत ‘चालिस कटेसी’ सार्वजनिक भएको छ।
गीतमा गायक तथा मोडल सविन खड्काको शब्द र स्वर रहेको छ भने गायिका आसा बिसीले स्वरमा साथ दिएकी छन्।

सजिलो लय, भावनात्मक शब्द र आकर्षक भिडियो समेटिएको यस गीतलाई SK Entertainment Nepal युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ हेमराज डाँगीले गरेका छन् भने सुरज खनालको निर्देशन, शिव बिकको सिनेम्याटोग्राफी र बिनोद बमको सम्पादनले भिडियो झनै प्रभावशाली बनाएको छ।

भिडियोमा महेन्द्र खड्का, कमल जिसी, हरि आचार्य, रिना गुरुङ र यशु भट्टराईको अभिनय देख्न पाइन्छ। सहायक भूमिकामा बिनोद कार्की, ध्रुव बस्नेत, कृष्टिना शाह, शिव शाह, लक्ष्मण चापागाईं, शिवराज राउत, पुष्पा शाह, छबिलाल बेलबासे, मिना बेलबासे, मुना खराल, सरु आचार्य लगायत कलाकारहरू छन्। नृत्य निर्देशन सुमित्रा संजिलाले गरेकी हुन् भने पोडक्सन म्यानेजर सुमन खनाल थिए।

गीतले मध्य उमेरपछि जीवनमा आउने भावनात्मक परिवर्तन र जीवनका रंगहरूलाई कलात्मक ढंगमा चित्रण गर्न खोजेको छ। अडियो र भिडियो दुवै पक्ष सशक्त भएकाले गीतले दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया पाउने विश्वास गरिएको छ।

विशेष कुरा के छ भने, यस गीतका संगीतकार मोतिराज खनालले यसै वर्ष 'सर्वोत्कृष्ट लोक भजन गायक'को उपाधि प्राप्त गरेका हुन्। उनले यसअघि सार्वजनिक गरेका भजनले समेत स्रोतामाझ गहिरो प्रभाव पारेका थिए।

Share:

Related News