अष्ट्रेलियाले १३ वर्षपछि श्रीलंकामा टेष्ट सिरिज जित्यो, २–० ले क्लिन स्वीप

२७ माघ २०८१, आइतबार | शुचि खबर

image

श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा अष्ट्रेलिया ९ विकेटले विजयी भएको छ । योसँगै टोलीले दुई खेलको सिरिज २–० ले जितेको छ । अष्ट्रेलियाले पहिलो टेस्ट इनिङ्सको अन्तरले जितेको थियो ।
अष्ट्रेलियाले १३ वर्षपछि श्रीलंकामा टेष्ट सिरिज जितेको हो । यसअघि उसले सन् २०११ मा जितेको थियो । यसपछि २ वटा शृङ्खला खेलिएको थियो जसमा एउटा श्रीलंकाले जितेको थियो भने अर्को बराबरीमा सकिएको थियो ।
दुई टोलीबीचको दुई खेलको एकदिवसीय सिरिजको पहिलो खेल फेब्रुअरी १२ मा कोलम्बोमा हुनेछ ।
गालेमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका पहिलो इनिङ्समा २५७ रनमा अलआउट भएको थियो । अष्ट्रेलियाले पहिलो इनिङ्समा ४१४ रन बनाएको थियो ।
यस आधारमा टोलीले १५७ रनको वृद्धि हासिल गर्‍यो । आयोजक श्रीलंकाले दोस्रो इनिङ्समा पनि ठूलो स्कोर बनाउन सकेन र २३१ रनमा सिमित भयो । यसरी अष्ट्रेलियाले ७५ रनको लक्ष्य १ विकेट गुमाएर पुरा गर्यो ।
खेलको दोस्रो दिन शुक्रबार स्टम्पमा अष्ट्रेलियाले पहिलो इनिङ्समा ३ सय ३० रन बनाएको थियो । स्टिभ स्मिथ र एलेक्स केरी शतक बनाएपछि अविजित फर्किए ।
अस्ट्रेलियाले सुरुवाती ३७ रनमै आफ्ना दुवै विकेट गुमाएको थियो । ट्राभिस हेड २१ रन बनाएर आउट भए, उस्मान ख्वाजा ३६ रन बनाएर तथा मार्नस लाबुसचेन ४ रन बनाएर आउट भए । गत खेलमा शतक जोडेका दुवै खेलाडी स्टिभ स्मिथ र एलेक्स क्यारीले इनिङ्सको जिम्मा लिए र यो खेलमा पनि शतक बनाए ।

Share:

Related News