आन्ध्र प्रदेशको औषधि कारखानामा आगलागी

०६ भदौ २०८१, बिहिबार | शुचि खबर

image

भारतस्थित आन्ध्र प्रदेशको अनकापल्ले जिल्लामा रहेको एक फार्मा कम्पनीमा बुधबार दिउँसो २:१५ मा आगलागी भएको छ। दुर्घटनामा १७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ । आगलागीमा परी घाइते भएका ३६ जनालाई जिल्लाको एनटीआर अस्पतालमा भर्ना गरिएको जनाइएको छ।

अच्युतपुरम सेजमा रहेको फार्मा कम्पनी एस्सेन्टियाको प्लान्टमा आगलागी भएको हो । प्रत्यक्षदर्शीले पहिले कम्पनीको रिएक्टर नजिकै आगो देखेपछि ठूलो विष्फोट भएको बताए । विष्फोटले भवनको पहिलो तल्लाको स्ल्याब भत्किएको छ ।

कारखानामा दुई सिफ्टमा ३ सय ८१ जनाभन्दा बढी कर्मचारी काम गर्ने भएकाले घाइतेको सङ्ख्या बढी हुन सक्ने स्थानीयले बताएका छन् । घटना हुँदा अधिकांश कर्मचारी खाजा खान गएको समय परेको थियो।

पहिलो तल्लाबाट दोस्रो तल्लामा सोल्भेण्ट तेल पम्प गर्ने क्रममा चुहावट भई आगलागी भएको अधिकारीहरुले बताएका छन् ।

Share:

Related News