इङलिस प्रिमियर लिगमा आर्सनलले हरायो सिटीलाई

२१ माघ २०८१, सोमबार | शुचि खबर

image

इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी आर्सनलसँग स्तब्ध भएको छ ।गएराति भएको खेलमा आर्सनलले सिटीलाईरु ५–१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरी घटाएको हो । आर्सनललाई जित दिलाउन मार्टिन ओडेगोर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे ।  सिटीका एर्लिङ हालान्डले गोल गरे । २४ खेलमा दोस्रो स्थानको आर्सनलको ५० अंक छ । एक खेल कम खेलेको लिभरपुलको ५६ अंक छ । सिटी ४१ अंकसहित चौथो स्थानमा छ ।आज  वेस्ट ह्यामलाई हराउन सके चेल्सी चौथो स्थानमा उक्लनेछ । राति नै भएको खेलमा म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग २–० ले पराजित भएको छ । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे । ३० अंकसहित प्यालेस १२ औं स्थानमा छ। युनाइटेड पुनः १३औं स्थानमा झरेको छ । २४ खेलमा टोलीको २९ अंक छ । अर्को खेलमा टोटेनह्यामले बेन्टफोर्डलाई २–० ले हराएको छ । जारी लिगमा आठौं खेलमा टोटेनहमको यो पहिलो जित हो ।  टोटेनहम २७ अंकसहित १४ औं स्थानमा छ। ३१ अंकसहित बेन्टफोर्ड ११ औं स्थानमा छ । 

Share:

Related News