एकैदिन ५ हजार ९ सय रुपैयाँले बढ्यो सुन, तोलामा साढे २ लाख नाघ्यो

२७ कात्तिक २०८२, बिहीबार | शुचि खबर

image

नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ ।

आज एकैदिन सुन प्रतितोला ५ हजार ९ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै, बिहीबार सुनको मुल्यले साढे २ लाख नाघेको छ । आज सुन प्रतितोला दुई लाख ५० हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला दुई लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १७० रुपैयाँले बढ्दै तीन हजार तीन सय ४५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

Share:

Related News