एलिनाले दर्ता गराइन् सम्बन्ध विच्छेदको मुद्दा

१८ माघ २०८१, शुक्रबार | शुचि खबर

image

गायिका एलिना चौहानले सम्वन्ध विच्छेद मुद्दा दर्ता गराएकी छन् ।

काठमाडौ जिल्ला अदालतमा वारेश  विष्णु खरेल मार्फत चौहानले मुद्दा दर्ता गराएकी हुन् । बाग्लुङ घर भै हाल अस्ट्रेलियामा बस्दै आएका विष्णु सापकोटा संग चौहानको गत बैशाख ५ गते बिवाह भएको थियो ।

केही समयको प्रेमपछि उनीहरुले लगनगाँठो कसेका थिए ।

श्रीमान विष्णु सापकोटाले मानसिक यातना दिएको र सम्बन्ध राम्रो नभएको भन्दै एलिनाले सम्वन्ध विच्छेद मुद्दा दर्ता गराएको फिराद पत्रमा उल्लेख छ ।

 

Share:

Related News