गंगा गौतम आचार्यको सभ्य तीज गीत "नक्कल पार्ने बानी" सार्वजनिक

२८ साउन २०८२, बुधबार | शुचि खबर

image

तीज नजिकिँदै जाँदा नेपाली सांगीतिक बजारमा तीज गीतहरू पनि बाक्लिदै गएका छन्। सामाजिक सञ्जालमा भाइरल हुने नाममा धेरै तीज गीतहरूले तीजको मौलिकता र सांस्कृतिक मर्यादामा आँच पुर्‍याउँदै विकृति ल्याएका छन्। तर यसैबीच, परम्परागत सभ्यता र सौन्दर्य बोकेको केही स्तरीय तीज गीतहरू पनि आएका छन्, जसले नेपाली समाजको चाडपर्वप्रतिको वास्तविक भावना झल्काउँछन्।

यस्तै एउटा सभ्य र सन्देशमूलक तीज गीत हो – "नक्कल पार्ने बानी", जुन भर्खरै पूर्वकी चर्चित गायिका गंगा गौतम आचार्यले आफ्नै यूट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छिन्। गीतमा महिलाको सौन्दर्यप्रेम, सौम्यता, र पतिको लागि सिँगारिने मनोविज्ञानलाई सम्मानपूर्वक प्रस्तुत गरिएको छ। गीतका शब्दहरू—
“नक्कल पार्ने बानी त छैन वाइ,
टिका गाजल नलाई नी भैन वाइ,
लाली मन पर्छ, सुनको हारै मन पर्छ,
स्वामीलाई झन सोह्र सृंगारै मन पर्छ…”
—सजिलो भाषामा रचना गरिए पनि भाव गहिरो छ।

गीतमा गंगाको सुमधुर स्वर सुन्न पाइन्छ भने शब्द लेखेकी छिन् यसु थापा। संगीतकार राजकुमार वगरले लय सिर्जना गरेका हुन् भने राजु कार्कीले एरेन्ज गरेका छन्। **सुमन सागर जङ्ग के.सी.**को निर्देशन र कोरियोग्राफीमा तयार भएको भिडियोमा कविता न्यौपाने, बास्मती के.सी., इसानी भट्टराई, रिधा बानियाँ, सान्भी ढकाल लगायत मदर्स ग्रुप अफ नेपालका दिदीबहिनीहरूको आकर्षक प्रस्तुति देख्न सकिन्छ। भिडियोलाई रामेश्वर हुमागाईले छायांकन गरेका छन् भने सम्पादन टेकेन्द्र शाहले गरेका छन्।

“नक्कल पार्ने पानी” गीतले परम्परागत तीज संस्कृतिलाई सम्मान गर्दै आधुनिक स्वादलाई पनि समेट्ने प्रयास गरेको छ। सन्देश, संगीत र प्रस्तुतीको समायोजनले यो गीत तीज पर्वमा महिलाहरूबीच लोकप्रिय बन्ने सम्भावना बलियो देखिन्छ।

यसरी, विकृति र व्यंग्यले भरिएका गीतहरूबीच गंगा गौतम आचार्यको यो नयाँ तीज गीतले सभ्यताको एउटा राम्रो उदाहरण प्रस्तुत गरेको छ।

Share:

Related News